ह्वात्तै बढ्यो कोरोना संक्रमित, थप ७२ जनामा कोरोना पुष्टि हुँदा कूल संख्या ६७५ पुग्यो

0
Shares

सोमबार एकैदिन ७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३७ जना, विपि कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना र प्रदेश अस्पताल सुर्खेत।पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जानकारी दिए।

सोमबार संक्रमित भएकाहरुमध्ये १ महिला र ७१ जना पुरुष रहेका छन्।