थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ६ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुष, बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुष र काठमाडौं घर भएका कैलालीमा कार्यरत २८ वर्षीय पुरुष र जिरा भवानी गाँउ पालिका पर्साका १८ वर्षीय युवामा नारायणी अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोनालाई पराजित गरि थप २५ जना डिस्चार्ज भएका छन्। । यो सँगै हालसम्म ११२ जना डिस्चार्ज भएका छन्।