जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म कोभिड १९ को परीक्षण गरिने प्रधानमन्त्रीको घोषणा

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुले दिएको सल्लाह बमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म कोभिड १९ को परीक्षण विस्तार गरिने बताउनुभएको छ।

सरकारले समयमा नै गरेको लकडाउनका कारण महामारीबाट हुने क्षति जोगिएको बताउँदै स्थानीय र प्रदशलाई रोगसँग लड्न सक्षम बनाइनेगरि साझेदारी अगाडि बढाउने उहाँले बताउनुभयो।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी दिन थप चुनौतीपूर्ण हुने बताउँदै उहाँले बन्द अवस्थामा रहेका होटल र उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने योजना बनाइने बताउनुभयो।

उहाँले मानिसका लागि जीवन पहिलो कुरा भएको र रोग वा भोग केहीबाट पनि जोगाउनका लागि सरकार प्रयत्नशिल रहेको भन्दै उहाँले महामारीसँग जुध्न सबै सरकारी निकाय चुस्त र प्रभावकारी हुनुपर्ने बताउनुभयो।