विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ४३ हजार ६३६ पुगेको छ ।
डिसेम्बरदेखि सोमबार साँझसम्ममा कोरो संक्रमण बाट निको हुनेको संख्या विश्वभर २३ लाख २४ हजार ७१९ पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार ५३७ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर एक हजार १०३ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८८ हजार ७०९ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २१३, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ८५२, बेलायतमा दुई लाख ५९ हजार ५५९ र इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ३४८ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७९३, इटलीमा ३२ हजार ७८५, स्पेनमा २८ हजार ७५२, फ्रान्समा २८ हजार ३६७ र ब्राजिलमा २२ हजार ७४६ सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
एशियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।
प्रतिक्रिया