कोरोना कोषमा एनबी बैंकको १ करोड ४५ लाख सहयोग

0
Shares

नेपाल बंगलादेश बैंक (NBB) ले केन्द्रीय सरकार र संघीय प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रकम हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

बैंकले आइतबार केन्द्रीय सरकारको कोषमा १ करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सहयोग रकमको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै बैंकले सातैवटा प्रदेशको कोषमा ५(५ लाख रुपैयाँका दरले हस्तान्तरण गरेको जानकारी दिएको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।