विश्वभर कोरोना सङ्क्रमित ५५ लाख ८६ हजार, ३ लाख ४८ हजारको मृत्यु

0
Shares

मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५५ लाख ८६ हजार नाघेको छ । यसबाट विश्वभर करिब तीन लाख ४८ हजार व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा आधारित एएफपीको रिपोर्ट अनुसार २३ लाख ६५ हजार सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १७ लाख ६ हजार २२६ सङ्क्रमित रहेका छन् भने ९९ हजार ८०५ सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकामा चार लाख ६४ हजार भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् ।

त्यसैगरी बेलायतमा दुई लाख ६१ हजार सङ्क्रमित रहेका छन् । बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ९१४ रहेको छ ।

इटलीमा दुई लाख ३० हजार १५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ८७७ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ । स्पेनमा दुई लाख ८२ हजार ४८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३२ हजार ८७७ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा तीन लाख ७६ हजार ६६९ सङ्क्रमित भएका छन् भने यहाँ २३ हजार ५२२ को मृत्यु भएको छ ।

फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९४२ सङ्क्रमित रहेका छन् भने २८ हजार ४३२ को मृत्यु भएको छ ।

यी मुलुकबाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरू लगायतका करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भएपनि मृत्यु दर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ।

धेरै सङ्क्रमितहुनेमा ब्राविल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ । धेरै सङ्क्रमण देखिएका मुलुकहरूमध्ये रूसमा तीन लाख ५३ हजार ४२७ , जर्मनीमा एक लाख ८० हजार ७८९, टर्कीमा एक लाख ५७ हजार ८१४ , इरानमा एक लाख ३७ हजार ७२४, भारतमा एक लाख ४४ हजार ९५० र पेरूमा एक लाख २३ हजार ९७९ सङ्क्रमित रहेका छन् । अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।