मंगलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा कोरोना भाइरस संक्रमण ( कोभिड १९) पुष्टि भएको छ । यससँगै नेपालमा नेपालमा कूल संक्रमितको संख्या ६९९ पुगेको छ।
सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ देखि ४६ वर्ष उमेरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगङ्गा नगरपालिकाका ८ का २ जना र सिम्ता गाउँपालिकाका ४ का २ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
केही दिन अघि मात्रै भारतबाट आएका संक्रमितहरुलाई कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा राखिरे उपचार प्रकृया अगाडि बढाइएको छ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ का वर्ष ३६, २६,२९,३७ का ४ जना पुरुष र नवराजपुर गाउँपालिकाका १ जना गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया