चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री (LIVE)

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन,खर्च र राजस्व असुली सहितको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दे छन्।

सरकारले बजेटको अर्धवार्षिक समीक्षामा खर्च र राजस्वको लक्ष्य संशोधन गरिएको थियो। कोरोना संक्रमणले थप संकटमा पारेको छ।

कुल बजेटको ५१.५९ प्रतिशत मात्रै खर्च भएको छ। १५ खर्ब ३२ अर्बको चालु वर्षको बजेट आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा ७ खर्ब ९० अर्ब ७८ करोड ५३ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ।

यस्तै राजस्व ६ खर्ब ६७ अर्ब ७५ करोड राजस्व असुल भएको छ। यो ११ खर्ब ७० अर्ब राजस्व लक्ष्यको ५७.७ प्रतिशत हुन आउँछ। मन्त्रालय स्रोतका अनुसार चालु वर्षमा ८ खर्ब ६० अर्ब राजस्व संकलन गर्न संशोधित अनुमान गरेको छ। यसअघि अर्धवार्षिक समीक्षाबाट अर्थमन्त्री खतिवडाले कुल लक्ष्यमा ५ प्रतिशत कम राजस्व संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए।