कोरोनाले १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान, १४५ अर्ब आन्तरिक ऋण परिचालन

कोरोनाले १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान, १४५ अर्ब आन्तरिक ऋण परिचालन

नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

कोभिड पूर्वको अवस्थामा चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले गरेको ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा सो नोक्सानीको अनुमान गरिएको हो।

यसैगरि केन्द्रीय बैंकले जेठ ९ सम्ममा कुल १४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा १९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएको थियो। हालसम्म उठाइएको आन्तरिक ऋण लक्ष्यको करिब ७५ प्रतिशत हो।

केन्द्रीय बैंकका अनुसार २०७७ जेठ ९ सम्ममा ४५ अर्ब बराबरको ट्रेजरी बिल, १०० अर्ब बराबरको विकास ऋणपत्र,१३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र मार्फत उक्त ऋण संकलन गरेको हो।

प्रकाशित मिति: १३ जेठ २०७७, मंगलबार १७ : २९ बजे