एडीबीको कोरोना नियन्त्रणका लागि २५ करोड डलर ऋण सहयोग

0
Shares

एशियाली विकास बैंकले (एडिबि) ले नेपालमा कोभिड—१९ सँग जुझ्न नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियत ऋण सहयोग गर्ने भएको छ।

एडिबिले नेपालको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन र महामारीबाट देशको आर्थिक र सामाजिक अवस्थामा परेको प्रतिकुल प्रभाव कम गर्नका लागि उक्त ऋण सहायता प्रस्ताव पारित गरेको जनाएको हो ।

यो रकम नेपालको सामुदायिक स्वास्थ्य प्रणालीमा सुधार, गरिब र कमजोर मानिसहरुका लागि सामाजिक सुरक्षा कार्यक्रममा विस्तार गर्न र कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको आर्थिक, सामाजिक प्रभाव न्यूनीकरणमा खर्च हुने जनाइएको छ। बैंक यस्तो अवस्थामा नेपाललाई सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति: १४ जेठ २०७७, बुधबार  ०७ : ४५ बजे