नेपाल हाइड्रो डेभलपरको नाफा ६० प्रतिशत बढ्यो

0
Shares

नेपाल हाइड्रो डेभलपर (NHDL) को खुद नाफा ६० प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड २२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैतसम्ममा कम्पनीले ८ करोड ६९ लाख ७६ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी ७ करोड ५६ लाख ४६ हजार रुपैयाँ थियो।

विद्युत बिक्री आय बढेसँगै कम्पनीको सञ्चालन नाफा ६ करोड ७१ लाख ८० हजार रुपैयाँबाट ७ करोड ६४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३९ पैसा पुगेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४.७६ रुपैयाँले बढेको हो। कम्पनीको प्रतिहेयर नेटवर्थ १२०.३६ रुपैयाँ छ ।