कालिका लघुवित्तको नाफा ४१ लाखमा सीमित, सञ्चालन नाफा ऋणात्मक

0
Shares

 

कालिका लघुवित्त (KMCDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४१ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत अवको यसै अवधिमा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा रुपैयाँले घटेको हो।

लघुवित्त कम्पनीमा खराब कर्जा, कर्मचारी खर्चमा भएको ब्यापक वृद्धिले सञ्चालन नोक्सानी ब्यहोनुपरेको अवस्था छ।चैतसम्म कम्पनी ६३ लाख ५८ हजार सञ्चालन नोक्सानीमा पुगेको छ। गत आवमा १ करोड ४० लाख मुनाफामा थियो।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात वृद्धि हुँदा कर्जा नोक्सानी व्यवस्थापन १ करोड ७४ लाखबाट ३ करोड ८२ लाख रुपैयाँमा पुगको छ। यस्तै कर्मचारी खर्च ९५ लाख बढेर ७ करोड ९९ लाखमा पुगेको छ।

१ करोड २८ लाख खराब कर्जा असुली गर्दा कम्पनी बल्ल ४१ लाख नाफामा पुगेको हो। यद्यपी कम्पनीको खुद ब्याज आम्दानी १ करोड ५६ ालख बढेर ११ करोड ५ लाख पुगेको छ।

चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा अनुपात १.२८ बाट ३.०६ प्रतिशतमा बढोत्तरी हुन पुगेको छ ।

चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक २.१७ रुपैयाँ छ। यल्पी कम्पनीले वित्तीय विवरणमा भने १०.०२ रुपैयाँ उल्लेख गरेको जुन गलत छ।

जनसेवी लघुवित्तसँग मर्जर पश्चात कम्पनीको चैतसम्म जगेडा कोषमा १४ करोड ६८ लाख सञ्चित राखेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.६२ रुपैयाँ छ । यस्तै मूल्य आम्दानी अनुपात ७३.६५ गुणा छ।