प्रभु बैंकको सम्पूर्ण सेवा आज बेलुका देखि चार दिन बन्द हुने

0
Shares

प्रभु बैंक लिमिटेडले आज (जेठ १५ गते) बेलुका ५ बजेबाट १८ गते बिहान ९ बजेसम्म आफ्नो सम्पुर्ण सेवा बन्द गर्ने भएको छ।

बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन ‘कोर बैंकिङ सिस्टम माइग्रेसन’ गर्नको लागि ४ दिन आफ्नो सम्पुर्ण बैंकिङ सेवा बन्द गर्ने जनाएको छ ।

बैंकले हाल पुमरी सफ्टवेयरको प्रयोग गर्दै आइरहेको छ। यसलाई प्रतिस्थापन गर्दै बै्रकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याउन लागेको हो।

बैंकले सम्पूर्ण ग्राहक तथा नियमनकारी निकायहरुलाई सार्वजनिक सूचना जारी गरेर उक्त जानकारी दिएको छ। यस अवधिमा बैंकका कुनै पनि सेवाहरु सञ्चालनमा नरहने बैंकले जनाएको छ।

यसबाट पर्न जाने असुविधा प्रति बैंकले ग्राहक महानुभाव, नियामक निकाय र अन्य सरोकारवालाहरु माझ क्षमा मागेको छ। यद्यपी हाल लकडाउनको समय भएकाले अन्य बैंकहरुको एटीएमबाट रकम निकाल्दा पनि शुल्क तिर्नुनपर्ने भएका कारण बैंकका ग्राहकरु लाभान्वित हुने भएका छन्।