कोरोना संक्रमितको कूल संख्या १ हजार नाघ्यो, आज नयाँ १५६ जना थपिए

0
Shares

नेपालमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिहरुको संख्या १ हजार ४२ पुगेको छ।

जसमध्ये बिहीबार मात्रै देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५६ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ वर्षका २ जना पुरुषमा संक्रमण भेटिएको छ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २५ जना पोजिटिभ देखिएका छन। उनीहरु १६ देखि ४२ वर्षका उमेरका छन।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुलका एकजना १९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको पोजिटिभ आएको छ। उनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखम्बुका १ जना छन्।

यस्तै सुर्खेतको प्रयोगशालामा गरीएको परीक्षणमा २३ जना संक्रमित भेटिएका छन्। बझाङको एक जना, सुर्खेतका १३ जना, एकजना बोल्न नसक्ने महिला, दैलेखका ८ जना छन्।

प्रादेशिक प्रयोगशाला गण्डकीमा गरीएको परीक्षणमा स्याङ्जाका ३ जनाको पोजिटिभ आएको छ। सेती अस्पतालमा गरिएको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ।

यस्तै किटजन्य प्रयोगशाला हेटौडामा हेटौडाकै एकजना, भेरी अस्पतालमा ४ जनामा पोजिटिभ देखिएको छ। उनीहरु बर्दियाका ३ र नेपालगञ्जका एक जना छन।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा पोजिटिभ आएको छ।

नेपालमा १८७ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्। जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्।