सरकारले सामाजिक सुरक्षा भत्ता कायमै राखेको छ । आर्थिक वर्ष २०७७/०७८ को वजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले दिने सामाजिक सुरक्षा भत्ता कायम रहेको बताएका छन् ।
साथै उनले सामाजिक सुरक्षा भत्ताको लागि ६७ अर्व ५० करोड विनियोजन गरिएको बताए ।
उनले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताए ।
प्रतिक्रिया