प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, ५० हजार युवालाई सीपयुक्त बनाईने

0
Shares

अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट छुट्टयाएको बताएका छन् । उनले थप दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनलाई ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने घोषणा पनि गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष सीपका लागि १ अर्ब बजेट छुट्याएको छ।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को पत्यक्ष प्रभाव श्रम बजारमा परेको र युवाहरुमा सीप विकासमा जोड दिन सरकारले सीप विकासका लागि १ अर्ब बजेट छुट्याएको हो।

 यस कार्यक्रबाट ५० हजार युवाहरुलाई सीपयुक्त बनाईने मन्त्री खतिवडाले बताए।

 

 

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १७ : ०२ बजे