औद्योगिक पूर्वाधारमा २ अर्ब ६४ करोड, पर्यटन क्षेत्रको लागि १ अर्ब २६ करोड

0
Shares

सरकारले आगामी आर्थिक वर्षमा देशभर औद्योगिक पूर्वाधारको विकासमा जोड दिने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन्।

यस्तै, देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ।

सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ।

पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि १ अर्ब २६ करोड

सरकारले पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ।

सरकारले बजेटमा पर्यटन क्षेत्रको पुनरुत्थानको लागि ५ प्रतिशतमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ।

कोभिड १९ का कारण पर्यटन श्रमिकसहितलाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको कोष निर्माण गरिने भएको छ।

कोभिड १९ को प्रभाव परेका व्यवसायीहरुलाई ५ प्रतिशतसम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन्। त्यसको लागि १ खर्बको पुनर्कर्जा कोष स्थापना हुने बताएका छन्।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १७ : ५४ बजे