आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशतमा राखिने


सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासील हुने अनुमान गरेको छ ।

कोरोनाका कारण ठप्प रहेको अर्थतन्त्र आगामी आर्थिक वर्षमा चलायमान हुने भएकाले ७ प्रतिशतको आर्थिक वृद्धि हासील गर्ने लक्ष्य सरकारले लिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका हुन ।

चालु आर्थिक वर्षमा २.३ प्रतिशतको आर्थिक वृद्धि हासील हुने पुर्वअनमान गरेको अवस्थामा आगामी आर्थिक वर्षका लागि भने ७ प्रतिशत महत्वकाक्षी आर्थिक वृद्धिको लक्ष्य तय गरीएको हो । पछिल्ला तिन वर्षमा निरन्तर ७ देखि ८ प्रतिशतसम्मको आर्थिक वृद्धि हासील भएकोमा चालु आर्थिक वर्षमा कोरोनाका कारमण आर्थिक वृद्धि प्रभावीत भएको हो । कोरोनाको त्रास कम भएसंगै अर्थतन्त्र पुन चलयमान हुने अपेक्षा राख्दै आर्थिक वृद्धि ७ प्रतिशत हुने अनुमान गरीएको हो ।

त्यसका साथै सरकारले आगामी आर्थिक वर्षमा मूल्य वृद्धि पनि ७ प्रतिशतको हाराहारमि राख्ने लक्ष्य तय गरेको छ । त्यसका लागि न्पाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउदा आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशत कायम गर्ने गरी ल्याउन समेत बजेट मार्फत निर्देशन दिएको छ । चालु आर्थिक वर्षमा नै करिब सत प्रतिशतको मूल्य वृद्धि रहने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो भने मूल्य वृद्धि ६ प्रतिशतको सिममा भित्र राख्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धि २.३ प्रतिशतमा सिमित रहने देखिएको छ भने मूल्य वृद्धि ७ प्रतिशत नाघ्ने देखिन्छ ।