शेयर कारोबार प्रणाली पूर्ण अटोमेसनमा लगिने, अधिकांस पुरानै कार्यक्रम

0
Shares

आगामी आर्थिक वर्ष नेपाल स्टक एक्चेन्ज (नेप्से) को कारोबार पूर्णरुपमा विद्युतीय प्रणाली (पूर्णरुपमा अटोमेसन) मार्फत गर्न सकिने गरी विकास गरिने अर्थमन्त्री डा. युवाराज खतिवडाले बताए ।

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै उनले अगामी आर्थिक वर्षभित्र नेप्सेको सेयर कारोबार प्रणाली पूर्ण रुपामा विद्युतीय बनाउने बताएका हुन् ।

साथै, उनले धितोपत्र बजारलाई व्यवस्थित गर्न अब स्टक डिलर सञ्चालनमा ल्याइने तथा कमोडिटी एक्सेन्ज पनि सञ्चालनमा ल्याउने बताए । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतको संरचनात्मक सुधार गरिने पनि  अर्थमन्त्री खतिवडाले बताए ।

उनले ऋणपत्र बजारलाई पनि थप प्रभावकारी बनाइने तथा स्टक डिलर संचालनमा ल्याउने बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उनले ऋणपत्रको दोश्रो बजार कारोबार सुरु गरिने तथा नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण विद्युतीय बनाउने, बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर संचालनमा ल्याउने र वस्तु विनमिय बजार संचालनको तयारी गरिने बताएका छन् ।

धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेजञ्ज र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गर्ने पुरनौ कार्यक्रम घोषणा गरेका छन् ।