विमान निर्माता कम्पनी बोइङले १२ हजारभन्दा बढी कर्मचारी कटौती गर्दै

0
Shares

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हजारौं रोजगारी कटौती गर्दैछ । कम्पनीले १२ हजार भन्दा धेरै अमेरिकी कर्मचारीलाई कामबाट निकाल्न लागेको हो ।

यसमा ६ हजार ७७० भने अनैच्छिक कटौती रहेको छ । कोरोना भाइरसको महामारीको प्रभाव कम गर्न कम्पनी पुनःसंचनाको योजनाअन्तर्गत बोइङले यस्तो कदम चालेको हो ।

कम्पनीले आगामी महीना थप हजारौं कर्मचारीलाई पनि कामबाट निकाल्ने बताएको छ । यी कटौती कहाँ हुन्छ भन्नेबारे भने केही पनि बताइएको छैन । ७३७ म्याक्स विमान संकटका कारण कम्पनीले समस्या भोगिरहेको थियो ।

यस्तोमा महामारीले विमनको माग ह्वात्तै घटेर बोइङको संकट थप बढाएपछि कम्पनीले यस्तो कदम चालेको हो । गत वर्ष पाँच महीनाभन्दा कम समयमा २ ओटा ७३७ म्याक्स जेट दूर्घटना भएपछि विश्वभर यो विमान ग्राउन्डेड छ ।

कम्पनीले वाशिङटनस्थित कारखानामा ७३७ म्याक्स जेटको न्यून संख्यामा उत्पादन थालेको बताएको छ । तर यस विमानले पुनः आकाशमा उड्ने नियामक अनुमति कम्तिमा अगष्टसम्म नपाउने बताइएको छ ।

कम्पनीले अप्रिलमा नै विश्वभर रहेका १ लाख ६० हजार कर्मचारीबाट १० प्रतिशतलाई कामबाट निकाल्ने बताएको थियो । अमेरिकामा ५ हजार ५२० लाई स्वेच्छिक रुपमा अवकास दिइने कम्पनीले बुधवार बताएको थियो ।

६ हजार ७७० लाई भने अनैच्छिक अवकास दिन लागिएको हो । महामारीले उड्य्यन उद्योगमा पारेको विध्वंशकारी प्रभावका कारण व्यवसायीक जेट र सेवा ग्राहकको संख्यामा उच्च कमी आएकोले विमान उद्योगमात्रै नभएर आफ्नो कम्पनीमै कमले रोजगारी पाउने बोइङका प्रमुख कार्यकारी डेभ कलहाउनले भनेका छन् ।

रोजगारी कटौतीका विकल्प नभएको समेत कर्मचारीहरुलाई पठाएको इमेलमा कलहाउनले बताएका छन् । यस वर्ष दोस्रो पटक अप्रिलमा कम्पनीले एउटै पनि अर्डर पाएन ।