नेपालमा कोरोनाका कारण शुक्रबार थप एक जनाको मृत्यु भएको छ। अर्धाखाँचीका ३५ वर्षिया पुरुष जो जेठ १० गते मृत्यु भएको थियो। उनको परीक्षण रिर्पोट पोजेटिभ आएको हो। भारतबाट नेपाल फर्कने क्रममा उनको मुत्यु भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङ्गमा सो जनाकारी दिएका हुन्।
मृतकको सम्पर्कमा आएका सबैको कन्याक्ट ट्रेसिङ्ग अगाडि बढाइएको उनले जानकारी दिए।
एकैदिन ६६ सय बढीमा कोरोना परीक्षण, कूल १ लाख ६९ हजार टेष्ट सम्पन्न
पछिल्लो २४ घण्टामा थप १७० जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमध्ये १६५ जना पुरुष र ५ जना महिला रहेका छन्। यससँगै कुल संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया