स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ६८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ३ हजार २३८ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ३ हजार ४४४ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ६९ हजार ६३२ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ६४ हजार १५४ वटा र आरडिटी प्रविधिबाट १ लाख ५ हजार ४७८ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ६ पुग्यो
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ११ हजार ४०६, प्रदेश नं २ मा ६ हजार ६७३, वाग्मती प्रदेशमा २५ हजार १०९, गण्डकी प्रदेशमा ७ हजार ९५०, प्रदेश नं ५ मा २० हजार १८५, कर्णाली प्रदेशमा १२ हजार ७९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ३५६ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- ९९ हजार ३३६ जना क्वारेटाइनमा, आइसोलेशनमा १ हजार जना
मुलुकभर हालसम्म ९९ हजार ३३६ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा २ हजार ७४७ जना, प्रदेश नम्बर दुईमा १६ हजार ६७८ जना, वाग्मती प्रदेशमा १ हजार ९५४ जना, गण्डकी प्रदेशमा २ हजार ८१४ जना, प्रदेश नम्बर पाँचमा ३२ हजार ३७३ जना, कर्णालीमा १७ हजार ५ जना र सुदूरपश्चिम प्रदेशमा २५ हजार ७६५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको सङ्ख्या कूल जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ३८७ , वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं ५ मा ३८३ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरि कूल जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ४४१ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ५० हजार ८४६ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ५१४ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ५ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७३ जना रेड जोनमा परेका छन्।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।
प्रतिक्रिया