पछिल्लो २४ घण्टामा ४ हजार कोरोना परीक्षण, कूल १ लाख ७३ हजार टेष्ट सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ५७५ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट १ हजार ५७७ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।

मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ७३ हजार ७८४ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ६६ हजार ७२९ वटा र आरडिटी प्रविधिबाट १ लाख ७ हजार ५५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ११ हजार ७४७, प्रदेश नं २ मा ६ हजार ८१८, वाग्मती प्रदेशमा २५ हजार २३१, गण्डकी प्रदेशमा ८ हजार ४५८, प्रदेश नं ५ मा २० हजार १८५, कर्णाली प्रदेशमा १२ हजार ९९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६१७ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

१ लाख १० हजार जना क्वारेटाइनमा, आइसोलेशनमा ११७६ जना

मुलुकभर हालसम्म १ लाख १० हजार ७८ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार १६६ जना, प्रदेश नम्बर दुईमा १८ हजार ९७१ जना, वाग्मती प्रदेशमा २ हजार २२३ जना, गण्डकी प्रदेशमा ३ हजार २६ जना, प्रदेश नम्बर पाँचमा ३३ हजार ४५१ जना, कर्णालीमा १८ हजार ९३६ जना र सुदूरपश्चिम प्रदेशमा ३० हजार ३१० जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल सङ्ख्या १ हजार १७६ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १३०, प्रदेश नं २ मा ४४२ , वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७ जना, प्रदेश नं ५ मा ४९६ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरि कूल ११७६ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ५५६ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ५१ हजार ३२५ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ४७९ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप १ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७४ जना रेड जोनमा परेका छन्।

रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।