शनिबार थप १३ जनाले जिते कोरोना, हालसम्म २१९ जना डिस्चार्ज

शनिबार थप १३ जनाले जिते कोरोना, हालसम्म २१९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा टेकु अस्पतालबाट २ जना, बलम्बुको युनिफाइड अस्पतालबाट ११ जना गरि कूल १३ जना डिस्चार्ज भएका हुन्।

यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २१९ पुगेको छ। जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्।

प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०४ जना, बाग्मती प्रदेशबाट २८ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ४८ जना, र सुदूर पश्चिम प्रदेशबाट ६ जना निको भएका छन्।

अझैपनि विभिन्न अस्पतालको आइसोलेसन वार्डहरुमा १ हजार १८२ जना उपचाररत रहेका छन् भने हालसम्म ६ जनाले यहि संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ।

प्रकाशित मिति: १७ जेठ २०७७, शनिबार १७ : २० बजे