कर्णाली डेभलपमेण्ट बैंकको प्रतिशेयर आम्दानी ऋणात्मक

0
Shares

धेरैजसो कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसक्दा कर्णाली डेभलपममेन्ट बैंक बल्ल दोस्रो त्रैमास अर्थात पुससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

बैंकले प्रकाशनमा ल्याएको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १.१३ रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिा बैंकको खुद नाफा ५९ लाख २८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा ४९ लाख २३ हजार रुपैयाँ नाफामा थियो।

पुस मसान्तसम्ममा ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २अर्ब ४५ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा बैंकले २ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ८४ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ करोड २३ लाख रुपैयाँ सञ्चित छ । बैंकको शेयरधनी कोष १२ लाख ८८ हजार ऋणात्मक बनेको छ।

बैंकमा निष्कृय कर्जा अनुपात १.१४ प्रतिशतमा सुधार भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११४.४१ गुणा छ ।