डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख घुस सहित रङेहात पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसाद उपर ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको छ ।

जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तहमा कार्यरत जय मंगल प्रसादले खानी सम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारको अनुसन्धानले देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनलार्ई सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उनले तत्काल एक लाख बुझी बाँकी ५ लाख रकम काठमाडौमा दिनु भनी ६ लाख रुपैयाँ घुस लिन मन्जुर गरेको पाइएको अख्तियारले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो ६ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ।