स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ९०७ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ८५३ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ४ हजार ५४ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ८० हजार ६९१ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ६९ हजार ५८२ वटा र आरडिटी प्रविधिबाट १ लाख ११ हजार १०९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ११ हजार ९३३, प्रदेश नं २ मा ६ हजार ९३३, वाग्मती प्रदेशमा २५ हजार ८८२, गण्डकी प्रदेशमा ८ हजार ७३५, प्रदेश नं ५ मा २३ हजार ३, कर्णाली प्रदेशमा १३ हजार २०३ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ८२० वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
१ लाख १९ हजार १९२ जना क्वारेटाइनमा, आइसोलेशनमा १३४९ जना
मुलुकभर हालसम्म १ लाख १९ हजार १९२ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार ५३६ जना, प्रदेश नम्बर दुईमा १९ हजार ९८३ जना, वाग्मती प्रदेशमा २ हजार ४२३, गण्डकी प्रदेशमा ३ हजार ५१४ जना, प्रदेश नम्बर पाँचमा ३५ हजार जना, कर्णालीमा १९ हजार ५८९ जना र सुदूरपश्चिम प्रदेशमा ३५ हजार १४७ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल सङ्ख्या १ हजार ३४९ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १३५ जना, प्रदेश नं २ मा ५१९ जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश नं ५ मा ५०९ जना, कर्णाली प्रदेशमा १२२ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरि कूल १ हजार ३४९ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार २३९ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ५१ हजार ८५८ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ५३३ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ६ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७० जना रेड जोनमा परेका छन्।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।
आइतबार थप १ जनाले जिते कोरोना, हालसम्म २२० जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा १ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएकी छन्। भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षिया महिला डिस्चाज भएकी हुन्।
यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २२० पुगेको छ। जसमध्ये १७२ जना पुरुष र ४८ जना महिला छन्।
प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०४ जना, बाग्मती प्रदेशबाट २९ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ४८ जना, र सुदूर पश्चिम प्रदेशबाट ६ जना निको भएका छन्।
अझैपनि विभिन्न अस्पतालको आइसोलेसन वार्डहरुमा १ हजार ३४९ जना उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ सहित हालसम्म ८ जनाले यहि संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ।
प्रतिक्रिया