आइतबार कहाँ-कहाँ भेटिए १६६ जना नयाँ संक्रमित ?

0
Shares

पछिल्लो २४ घण्टामा तनहुँ, कालिकोट र सल्यान गरि थप तीन जिल्ला सहित ५६ जिल्लामा १६२ जना पुरुष र ४ जना महिला सहित १६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कूल १ हजार ५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कूल १ हजार ५६७ मध्ये १ हजार ४५० पुरुष र ११७ जना महिला रहेका छन्।

कहाँ-कहाँ भेटिए नयाँ संक्रमित ?

– प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जना (तनहुँ रिसिङ्गका २८ वर्षिया पुरुष, स्याङ्जा गल्याङ्गका २७ र ४० वर्षिया पुरुष)

-नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५ जना (पर्सा सुगौलीका२२ देखि ३६ वर्ष उमेरका पुरुष)

-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जना (कालिकोट शुभकालिकाका १९ देखि ५२ वर्षका १३ जना पुरुष, कालिकोटकै हवाई गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष, दैलेख दुललुका ३५ वर्षया पुरुष, दैलेख नागरायका नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना पुरुष, दैलेख सिम्दाका २६ वर्षिया पुरुष, दैलेख देवलकानका १८ देखि २२ वर्षया पुरुष, रातापानीका ३८ वर्षिया पुरुष, सादुका २२ वर्षिया पुरुष, बाजुराका ४० वर्षिया पुरुष)

-प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण सुर्खेतमा गरिएको परीक्षणमा २६ जना (सल्यान कुपीन्टेका ११ देखि ६० वर्ष उमेर समूहका २५ जना पुरुष, सुर्खेत बराहतालका चार महिनाको बालिका)

-धुलिखेलमा गरिएको परीक्षणमा १ जना ( कपिलवस्तु शिवराजका ३२ वर्षिया पुरुष )

-भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना (बाँके नरैनापुरका २१ र २५ वर्षिया पुरुष, खजुराका ३० वर्षिया पुरुष, नेपालगञ्जका १६ देखि ४२ वर्षिया उमेर समूहका ४ जना पुरुष, बैजनाथको ३५ वर्षिया पुरुष)

-विपी धरानमा गरिएको परीक्षणमा १२ जना (सप्तरी राजगढका १७ देखि ४५ वर्ष उमेर समूहका सबै पुरुष)

-सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जना (कैलाली भजनीका २३ वर्षिया पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षिया पुरुष, त्रिनगर क्वारेन्टाइनका ४७ वर्षिया पुरुष, बाजुरा अस्पतालमा रहेका २ वर्षिया वालिका र २३ वर्षिया महिला)

-कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना (झापा गौरीगञ्जका २३ देखि ३९ वर्षिया उमेर समूहका ४ जना पुरुष, मोरङ्ग की ४५ वर्षिया महिला)

-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जना (धनुषा मुखियापट्टी क्वारेन्टाइनमा रहेका १९ देखि ४६ वर्ष उमेर समूहका ४६ जना पुरुष, कपिलबस्तु महाराजगञ्जका २१ देखि ४१ वर्षका ४ जना पुरुष, रौतहटको क्वारेन्टाइनमा रहेका २९ जना जसमध्ये ४, ९ र १२ वर्षका बालकदेखि ५२ वर्षका पुरुषसम्म छन, सर्लाहीका १ वर्षका बालक सहित १५ देखि ५० वर्ष उमेरका १० पुरुष रहेका छन्।)

प्रदेशगत रुपमा यसप्रकार रहेका छन्:-

  • प्रदेश १ का ९ जिल्लामा १६५ जना
  • प्रदेश २ का सबै ८ जिल्लामा ६२४ जना
  • वाग्मतीका १२ जिल्लामा ४५ जना
  • गण्डकी प्रदेशका तनहुँ सहित ६ जिल्लामा २३ जना
  • प्रदेश नम्बर ५ का ९ जिल्लामा ५६० जना
  • कर्णाली प्रदेशका कालिकोट र सल्यान सहित ५ जिल्लामा १२३ जना
  • सुदूर पश्चिम प्रदेशका ७ जिल्लामा २७ जना छन्।

प्रकाशित मिति: १८ जेठ २०७७, आइतबार  १७ : ३५ बजे