सोमबार एकैदिन हालसम्मकै सबैभन्दा धेरै अर्थात थप २२६ जनामा भएको कोभिड १९ संक्रमण पुष्टि छ। सोमबार पुष्टि भएका नयाँ संक्रमितमध्ये २१३ पुरुष र महिला १३ जना रहेका छन्। सोमबार डोटी सहित कूल ५९ जिल्लामा कोभिड १९ संक्रमण फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा निम्न स्थानमा थप २२६ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जना, प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण सुर्खेतमा गरिएको परीक्षणमा ३२ जना, धुलिखेलमा गरिएको परीक्षणमा २० जना, सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ९ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना, प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जना र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तो छ विस्तृत विवरण
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९२ जना (धनुषा धनौजीका १८ देखि ४८ वर्ष उमेर समूहका ४ जना पुरुष, हंसपुरका १९ र २० वर्षका २ जना पुरुष, जनकपुर प्रादेशिक अस्पतालमा २१ वर्षका १ जना पुरुष, कपिलवस्तु शिवराज क्वारेन्टाइनमा रहेका १९ देखि ५५ वर्षका १२ जना पुरुष, कपिलवस्तु हरिहरपुरका १९ देखि ३८ वर्ष उमेर समूहका ८ जना पुरुष, कपिलवस्तु महाराजगन्जका ३० र ३३ वर्षका २ जना पुरुष, कपिलवस्तुकै रंगिलाल माविका क्वारेन्टाइनमा रहेका १७ देखि ३५ वर्ष उमेर समूहका ११ जना पुरुष, चन्द्रौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४२ देखि ४८ वर्ष उमेर समूहका ३ जना पुरुष, रघु सामुदायिक स्कुलमा रहेका २७ र ४६ वर्षका २ जना पुरुष, महोत्तरी लाहोरपट्टी क्वारेन्टाइनमा रहेका १८ वर्षका २ जना पुरुष, मकवानपुरका ६१ वर्षका १ जना पुरुष, सर्लाहीको जनता माविमा रहेका ९ वर्षिया बालिक सहित २७ वर्षसम्म उमेर समूहका ५ जना महिला, सर्लाही जनता मावि क्वारेन्टाइनमा रहेका ११ देखि ७५ वर्ष उमेर समूहका ३३ जना पुरुष, सिराहाको क्वारेन्टाइनमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका ५ जना पुरुष, र हाल जनकपुर प्रादेशिक अस्पतामा कार्यरत उदयपुरका ३१ वर्षका पुरुष)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जना (दैलेख नारायण नगर पालिकाका १७ देखि ३५ वर्ष उमेर समूहका ९ जना पुरुष, सिमडाका २४ र २९ वर्षका २ जना पुरुष, देवाकाँडाका १८ देखि ३८ वर्षका ३ जना पुरुष, सोतका ३५ वर्षका १ जना पुरुष, सातुका २२ वर्षिया १ जना पुरुष, जुकेपानीका ६० वर्षिया १ जना पुरुष, दैलेख दुल्लुका ७ जनामध्ये २३ र ३० वर्षका महिला र २ वर्षका बालकदेखि ३९ वर्षसम्मका पुरुष, जुम्ला हिमाका २३ देखि ६३ वर्षका ८ जना पुरुष, सिन्जाका १२ देखि ४५ वर्ष उमेर समूहका ९ जना पुरुष, जुम्लामा नै कार्यरत २७ र ३४ वर्षका गरि २ जना पुरुष)
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण सुर्खेतमा गरिएको परीक्षणमा ३२ जना (दैलेख नारायण नगरपालिकाका १० वर्षका बालदेखि ३६ वर्षका १६ जना पुरुष, दैलेख महामुगा गाउँपालिकाका २५ वर्षका १ जना पुरुष, सल्यान बनगाढ कुपेन्डेका २० देखि वर्ष उमेर समूहका १० जना पुरुष, सुर्खेत बारहातालका २० देखि २६ वर्ष उमेर समूहका ५ जना पुरुष)
धुलिखेलमा गरिएको परीक्षणमा २० जना (कपिलवस्तु वाणगंगाका ३१ र ३८ वर्षका २ जना महिला, रौतहट परौवाका १९ देखि ४५ वर्ष उमेर समूहका १४ जना पुरुष, रौतहट यमुनामाई गाउँपालिकाका २० वर्षको एक महिला सहित २२ देखि ३५ वर्ष उमेर समूहका ३ जना पुरुष गरि ४ जना)
सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जना (अछामका १ वर्षका बालक १ जना, कैलालीका २ देखि २८ वर्ष उमेर समूहका ३ जना महिला र ५ वर्षका बालदेखि २७ वर्षका ११ जना पुरुष गरि कूल १४ जना, बैतडीका ३४ वर्षका १ जना पुरुष, डोटीका २५ वर्षका १ जना पुरुष, कञ्चनपुरको ११ महिने १ जना बालक)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ९ जना (तुलसीपुर उपमहानगरपालिकाका १८ देखि वर्ष उमेर समूहका ५जना पुरुष, गडवा गाउँपालिकाका २४ र ३६ वषृका पुरुष, लमहिका ४० वर्षका १ जना पुरुष, राप्ती गाउँपालिकाका ३६ वर्षका १ जना पुरुष)
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना (बाँके डुरुवाका १७ देखि ३५ वर्ष उमेर समूहका सबै पुरुष)
पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना (नवलपरासी पूर्व कावासोतीका २२ र ३६ वर्षका पुरुष र नवलपरासी पूर्वको विना त्रिवेणाीको १४ वर्षको बालक)
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा २ जना (झापा वारादसीका ३२ र ४६ वर्षिया पुरुष)
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमण पुष्टि हुने कूल संख्या १ हजार ७९८ पुगेको छ। जसमध्ये १ हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा जना सहित कूल जना निको भई डिस्चाज भएका छन्। यससँगै कूल जना संक्रमित कोभिड मुक्त भएका छन्।
प्रदेशगत रुपमा यसप्रकार रहेका छन्
प्रदेश १ का ९ जिल्लामा १६८ जना
प्रदेश २ का सबै ८ जिल्लामा ६९४ जना
वाग्मतीका १२ जिल्लामा ४६ जना
गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना
प्रदेश नम्बर ५ का १० जिल्लामा ६२१ जना
कर्णाली प्रदेशका ५ जिल्लामा १९८ जना
सुदूर पश्चिम प्रदेशका डोटी सहित ९ जिल्लामा ४५ जना छन्।
काठमाण्डौंको निजी अस्पतालमा मृत्यु भएका व्यक्ति र डडेल्धुराका ६ वर्षका बालकको मृत्यु भएको सम्बन्धमा दुबैको पीसीआर टेस्ट रिर्पोट भने नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
प्रतिक्रिया