आन्तरिक ऋण उठाउन राष्ट्र बैंकद्धारा १५ अर्ब १३ करोडको ट्रेजरी विल्स जारी

आन्तरिक ऋण उठाउन राष्ट्र बैंकद्धारा १५ अर्ब १३ करोडको ट्रेजरी विल्स जारी

नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र निष्कासन गरेको छ । सरकारले पुरानो ऋणपत्रको नविकरण मात्र नभै १० अर्ब रुपौयँ बरावरको नयाँ ऋणपत्र निष्कासन गरेको हो ।

सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्ने भएको हो । सरकारी ढुकुटीमा राजस्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतीविधि ठप्प भएपछि सरकारले जारी संकटसंग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले आन्तरिक ऋण उठाउन जोड वल गरीरहेको छ ।

केन्द्रीय बैंकले सोमबार ९१ दिने र ३६४ दिने गरी २ प्रकृतिका ऋणपत्रको निष्कासन गरेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो ३६४ दिनमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ । ३ अर्ब १३ करोड रुपैयाँ बरावरको ९१ दिनको र २ अर्ब रुपैयाँ बरावरको ३६४ दिनमा परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो । यो संगै सोमबार ३६४ दिने १० अर्ब रपैयाँ बरावरको नयाँ सरकारी ऋणपत्र जारी गरेको केन्द्रिय बैंकले जनाएको छ ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि जेठ ११ गते केन्द्रीय बैंकले निष्कासन गरेको ९१ दिने टे«जरी बिल्सको औसत व्याजदर ३.४८५९ प्रतिशत रहेको थियो । त्यसैगरी ३६४ दिने टे«जरी बिल्सको ४.४९८० कायम भएको थियो ।

बित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा टे«जरी बिल्स खरिदका आवेदन धेरै आवेदन आउने हुँदा व्याजदरमा पनि वृद्धि भएको हुन्छ । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन तर्फ उन्मूख देखिएकाले व्याजदर वढ्दो गतीमा देखिएको छ । ट्रेजरी विल्सको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ ।पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको नगद संञ्चिती अनुपातलाई एक प्रतिशतले घटाएको छ । यसरी नगद सञ्चिती अनुपात घटाउदा सरकारलाइ ऋण उठाउन सहज हुन्छ ।

प्रकाशित मिति: १९ जेठ २०७७, सोमबार १९ : ५८ बजे