सारथी लघुवित्तको विशेष सभा आह्वान, नयाँ नेपालसँग मर्जर प्रस्ताव पारित गर्दै

0
Shares

सारथी लघुवित्त वित्तीय संस्थाले असार ५ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले मर्जर सम्बन्धि विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्न दियालो फुडल्याण्ड, बसुन्धरा, काठमाडौंमा बिहान ८ बजे सभा आह्वान गरिएको छ।

विशेष साधारण सभाले दुई लघुवित्ती सम्झौता भएको १ बराबर १ शेयर आदानप्रदान स्वीकृत गर्ने, मर्जरपश्चात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने र हकप्रदपछि थप साधारण शेयर (एफपिओ) जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा रहेको छ।

विशेष सभाका लागि मर्जर पश्चात् हुने संस्थाको नाम, ठेगाना, अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा, प्रबन्धपत्र र नियमावलीको तिन महलेमा उल्लेख भए अनुसार आवश्यक नियम संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा रहेको छ।

यस्तै सञ्चालक समितिलाई अन्य आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी दिने प्रस्तावलाई पनि पारित गर्ने एजेण्डा रहेको छ।

मर्जर प्रयोजनका लागि नेप्सेमा सूचीकृत काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको सारथी लघुवित्तले भने सर्वसाधारणलाई आईपीओ जारी गरेको छैन।

दुई संस्था मर्जर पश्चात चुक्ता पूँजी २३ करोड २४ लाख ६० हजार पुग्नेछ ।

प्रकाशित मिति: २० जेठ २०७७, मंगलबार  ०८ : ४९ बजे