मिचिएको भूमि फिर्ता लगायतका माग राख्दै डा. केसीले सुरू गरे आमरण अनसन

0
Shares

वरिष्ठ चिकित्सक गोविन्द केसीले सीमा समस्या समाधान लगायतका तीन बुँदे माग राख्दै दार्चुलाको खलंगाबाट दुई दिने आमरण अनसनको सुरू गरेका छन्।

डाक्टर केसीले दार्चुलाका नागरिकहरूको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा, सीमा समस्या समाधान तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह थालेका हुन्।

दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने केसिको माग छ। यस्तै, केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गरेका छन्।

त्यस्तै, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रूत गतिमा अघि बढाउनका साथै गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न उनले माग गरेका छन्।