सरकारले भोलिदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने

0
Shares

सरकारले भोलि (बुधबारदेखि) लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ।

सरकारले थपेको लकडाउनको अवधि ३२ जेठसम्म रहेपनि लकडाउनको मोडालिटी परिवर्तन गरिन लागेको हो। छिमेकी भारतले समेत भोलिबाटै लकडाउनको स्वरुप परिवर्तन गर्न लागेको छ ।

कोभिड–१९ महामारीबाट अतिप्रभावित युरोप र अमेरिकासहितका मुलुकले लकडाउन हटाइसकेका छन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आज बस्ने बैठकले यस बिषयमा निर्णय गर्नेछ। आजको बैठकमा जारी लकडाउनको स्वरूपलाई के कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।