बैंकका ग्राहकलाई जोर विजोर प्रणाली, खाता नंम्बर अनुसार कारोबार

0
Shares

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता नम्बर अनुसार मात्र कारोबार गर्न पाउने भएका छन्। । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई जोर विजोर प्रणाली लागू गरेको हो।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले जिल्लाभरका बैंक तथा वित्तीय संस्था ६ दिन संचालन हुने जनाएको छ । तर जोरबार (सोमबार, बुधबार र शुक्रबार)  जोर खातावाला र विजोरबार (आइतबार, मंगलबार र विहीबार) विजोर खाता नम्बरवालाहरुको मात्र कारोबार गराउन निर्देशन दिएको छ ।

यस्तै दिउँसो ११ बजेदेखि २ बजेसम्म अति आवश्यकिय सामान खरिद गर्न पाउने, नदि जन्य पदार्थ पूर्वतत रुपमा संकलन गर्न र ढ्वानी गर्न पाउने तथा प्राथमिकता प्राप्त आयोजनाहरुको काम तोकिएको शर्तहरु पुरा गरी गर्न पाउने निर्देशन जारी गरेको छ ।