शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो।

सरकारको निर्णय अनुसार करदाताहरुले २०७६ फागुन र चैत महिनाको बुझाउनु पर्ने कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मिति जेठ २५ गतेसम्म भएकाले शनिबार तथा जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्ने शाखा तथा काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

साथै केन्द्रिय बैंकले क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई पनि पूर्णकालिन संचालन गर्न निर्देशन दिएको छ ।

आन्तरिक राजश्व कार्यालयले चैत महिनासम्मको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। जसको चौतर्फी विरोध भएपछि व्यवसायी र अर्थमन्त्रालयको छलफलमा तोकिएको अवधिमा सक्नेले कर तिर्ने र नसक्नेका लागि समय थप गर्ने सहमति समेत बनिसकेको छ ।