सरकारले थप्यो कर तिर्ने म्याद, कुन कर कहिलेसम्म तिर्नुपर्छ ?

0
Shares

लकडाउनकै बीचमा सरकारले कर तिर्न ताकेता गरेपछि भएको चौतर्फी विरोधपछि उद्योगी व्यवसायीसँग कर असुल गर्ने म्याद थप गरेको छ ।

बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफलपछि सरकारले कर तिर्ने म्याद बढाएको हो। आन्तरकि राजश्व विभागले एक सूचना जारी गर्दै करको विवरण बुझाउने म्याद असार ७ गतेसम्म र रकम दाखिला गर्ने समय असार १५ सम्म कायम गरेको छ।

मंगलबार आन्तरिक राजस्व विभागले बक्यौता कर जेठ २५ सम्म बुझाउन सूचना जारी गरेको थियो । अर्थमन्त्रीको निर्देशनमा कर उठाउन सूचना जारी भएपछि यसको चर्को चौतर्फी विरोध भएको थियो ।

सरकारले चैत ११ देखि गरेको लकडाउनपछि राजस्व तिर्ने समयलाई पछाडि सारेको थियो । राजस्व तिर्ने पछिल्लो समयसिमा जेठ २५ मा सकिने थियो ।