फेवातालमा फेला परेको वेवारिसे लाशको पहिचान अझै खुल्न सकेन, सनाखतको लागी सहयोग आह्वान

0
Shares

पोखरा लेकसाईड स्थित फेवातालमा पौडी खेल्ने क्रममा गत बैशाख २६ गते डुबी बेपत्ता भएका व्यक्तिको करिब एक महिनासम्म पनि पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मृतकको सनाखतको लागी आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।

प्रहरीका अनुसार मृतक अन्दाजी २२-२५ वर्षको उमेर समूहका रहेका छन्। उनी २०७७ बैशाख २६ गते अन्दाजी साढे २ बजेको समयमा जिल्ला कास्की पोखरा महानगर पालिका वडा नं. ०६ लेकसाईड स्थित फेवा तालमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए।

सो जानकारी प्राप्त हुनसाथ प्रहरीले खोजतलास गर्दा।गराउँदा साढे ४ बजे मृत अवस्थामा पानीभित्र लाश फेला पारेको थियो। सो पश्चात स्थानीय मानिस र जनप्रतिनिधिको रोहबारमा लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पश्चिम क्षेत्रीय अस्पताल गण्डकीको लाश घरमा राखिएको थियो।

तर हालसम्म पनि मृतकको पहिचान तथा एकिन नामथर वतन नखुलेकोले भन्दै प्रहरीले कोही आफन्त वा चिनजानको ब्यक्ति भए सम्पर्क राख्नहुन अनुरोध गरेको छ ।

प्रहरीका अनुसार मृतकको हुलिया वर्ण गहुँगोरो, ठिक्कको शरिर भएको, आर्यन अनुहार भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको, अन्दाजी २२-२५ वर्ष को जस्तो देखिने पुरुष व्यक्ति रहेका छन्।

प्रकाशित मिति: २२ जेठ २०७७, बिहीबार  २२ : ४९ बजे