राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि उक्त विधेयकमाथिको छलफलमा सहभागी सांसद कोमल वली, ठगेन्द्रप्रकाश पुरी र अनिता देवकोटाले, रामनारायण बिंडारीलगायतले विधेयकका कतिपय पुराना प्रावधानलाई समयसापेक्ष बनाइपनुपर्ने तथा जरिवानाका विषयलाई वैज्ञानिक एवम् वस्तुनिष्ठ बनाइनुपर्ने बताए।
सांसदको जिज्ञासामा उद्योगमन्त्री भट्टले प्रस्तुत विधेयक समयसापेक्ष तथा व्यावहारिक रहेकाले कार्यान्वयनका क्रममा कुनै कमजोरी देखिए सच्याएर जान सकिने धारणा राखे ।
स्तै बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले उक्त प्रतिवेदन पेश गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया