दुई दिनमा ३ सय बढी कोरोना संक्रमित भेटिएपछि दैलेखमा निषेधाज्ञा

0
Shares

दैलेखमा दुई दिनमा ३ सय बढी कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार थप ९१ जना कोरोना संक्रमित भेटिएपछि दैलेखमा कोराना संक्रमित हुनेको संख्या ३०८ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरभित्र प्रवेश नगर्नरनगराउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

विज्ञप्तिमा दैलेखमा निरन्तर कोरोना संक्रमण संख्या बढदै गएको र एक जनाको मृत्यु भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यहरू गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी कट्टेलले वताएका छन् ।

प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रबार  १८ : ५० बजे