जिप्रका काठमाण्डौंले तोक्यो विदेशबाट फर्किने नेपालीका लागि ४७ होटल

0
Shares

जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाण्डौंले विदेशबाट फर्किने नेपालीका लागि क्वारेन्टिन प्रयोजनार्थका लागि उपत्यकाभित्र ४५ र उपत्यका बाहिर २ गरि ४७ वटा होटलहरुको प्रारम्भिक नामावली सावजनिक गरेको छ।

जिप्रका काठमाण्डौंले होटल एसोसियसन नेपालको समन्वयमा चारतारे होटलदेखि पर्यटकीय स्तरसम्मका होटलहरुको नामावली तोकेको हो। काठमाण्डौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले कोरोना संक्रमणको कारणबाट स्वदेश आउनैपर्ने नेपाली नागरिकलाई स्वदेश आउनैपर्ने अध्यादेश २०७७, बमोजिम आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि राख्ने होटलहरु तोकिएको हो।

सहायक प्रजिअ पौडेलले जिल्ला संकट व्यवस्थापन केन्द्रको जेठ १९ गतेको निर्णय अनुसार काठमाण्डौं उपत्यका भित्र ४५ वटा र उपत्यका बाहिर पोखरा र रुपन्देहीको तिलोत्तमामा गरि ४७ वटा होटलहरुको विवरण सार्वजनिक गरिएको बताए।