पछिल्लो २४ घण्टामा ९६ सय कोरोना परीक्षण, कूल २ लाख २९ हजार टेष्ट सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घटामा ९ हजार ६८१ वटा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ४ हजार १११ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ५ हजार ५७० वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।

मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल २ लाख २९ हजार ९१२ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ९२ हजार ४७७ वटा र आरडिटी प्रविधिबाट १ लाख ३७ हजार ४३५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १३ हजार ८९ वटा, प्रदेश नं २ मा ९ हजार ३५६ जना, वाग्मती प्रदेशमा २६ हजार ७६३ जना, गण्डकी प्रदेशमा ९ हजार ३५० वटा, प्रदेश नं पाँचमा ३१ हजार ७८० वटा, कर्णाली प्रदेशमा १७ हजार २१९ वटा र सुदूरपश्चिम प्रदेशमा २९ हजार ८७८ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

प्रकाशित मिति: २४ जेठ २०७७, शनिबार  १७ : ३१ बजे