पछिल्ला दिनमा कोभिड १९ को संक्रमणबाट बचाउन भारत तथा विदेशिक रोजगारीबाट फर्कनेहरुलाई राख्ने त्रलम बढ्दा क्वारेन्टाइनमा हुने ब्यक्तिहरु र संक्रमणको पुष्टि बढ्दै जाँदा आइसोलेसनमा रहनेहरुको संख्या पनि ह्वात्तै बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो विवरण अनुसार १ लाख ६८ हजार ३१ जना क्वारेटाइनमा र आइसोलेशनमा २ हजार ८५७ जना रहेका छन्।
मुलुकभर हालसम्म १ लाख ६८ हजार ३१ जना क्वारेटाइनमा रहेका मध्ये प्रदेश नम्बर एकमा ४ हजार ३०३ जना, प्रदेश नम्बर दुईमा २१ हजार ९२ जना, वाग्मती प्रदेशमा ३ हजार ५१३, गण्डकी प्रदेशमा ५ हजार ३९८ जना, प्रदेश नम्बर पाँचमा ४१ हजार २१७ जना, कर्णालीमा ३२ हजार २६५ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २४३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल संख्या २ हजार ८५७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १७० जना, प्रदेश नं २ मा ९४३ जना, वाग्मती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश नं ५ मा ९६१ जना, कर्णाली प्रदेशमा ५६७ जना र सुदूरपश्चिम प्रदेशमा ९१ जना गरि कूल २ हजार ८५७ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३०४ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा पछिल्लो २४ घण्टामा ३९५ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट दोलखाका थप १ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।
मंगलबार थप ३२ जनाले जिते कोरोना, हालसम्म ३४५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा २७ जना पुरुष र ५ जना मलिा गरि ३२ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्।
पछिल्लो विवरण अनुसार जनकपुर अस्पतालबाट धनुषा, झापा, महोत्तरी र सर्लाहीको गरि १५ जना १८ देखि ४५ वर्षका १ जना महिला र १४ जना पुरुष १२ देखि १७ औं दिनको बीचमा निको भई डिस्चार्ज भएका छन्।
यसैगरि सुशिल कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट गुल्मी र बाँके जिल्लाका ४ जना २३ देखि ३५ वर्षका २ महिला र २ पुरुष १५ देखि १७ औं दिनको बीचमा निको भई डिस्चार्ज भएका छन्।
सेती अस्पतालबाट बैतडी र अछामका ६ जना ११ देखि ३८ वर्ष उमेरका १ जना महिला र ५ जना पुरुष ११ देखि १४ औं दिनको बीचमा निको भई डिस्चार्ज भएका छन्।
यस्तै सुर्खेतबाट डिस्चार्ज हुनेको संख्या ७ जना रहेको छ। सुर्खेतका १६ देखि ३६ वर्षका ६ जना पुरुष र मुगुको ३५ वर्षको १ जना महिला डिस्चार्ज भएका छन्।
यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या ३६५ पुगेको छ। जसमध्ये २९९ जना पुरुष र ६६ जना महिला छन्।
हालसम्म प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ७९ जना, प्रदेश नम्बर २ बाट १३३ जना, वाग्मती प्रदेशबाट ३२ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ९६ जना, कर्णाली प्रदेशबाट ९ जना र सुदूर पश्चिम प्रदेशबाट १३ जना गरि कूल ३६५ जना निको भएका छन्।
प्रतिक्रिया