लकडाउनको नयाँ मोडालिटीलाई अन्तिम रुप दिएर आजै पारित गरिने

0
Shares

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावलाई आज अन्तिम रुप दिने भएको छ । दिउसो सिंहदरबारमा बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो ।

समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो । उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञहरुसँग चरणबद्ध रुपमा छलफल गरेपछि समितिले प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो ।

दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिएको छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ ।

सरकारले असार १ देखी चरणबद्ध लकडाउन खुकुलो बनाउने, यस्तो छ खाका

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ । प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकवाट पारित गर्ने तयारी छ ।

जेठ १७ गतेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो । एक साता लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।

स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न दिइने

सरकारले लकडाउन खुकुलो बनाउने योजना टुग्याउन नसक्दा काठमाडौं उपत्यका सहित देशभर ब्यापारीहरुले धमाधम पसल खोल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ । सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ ।

मन्त्रिपरिषद् बैठकले टुङ्ग्याएन लकडाउनको मोडालिटी, बल फेरि उच्चस्तरीय समितिमा पास