राष्ट्रिय वाणिज्य बैंकका व्यवस्थापकमा पनि कोरोना संक्रमण पुष्टि

0
Shares

कपिलवस्तुमा एक बैंक व्यवस्थापकमा कोरोना भाइरस संक्रमण देखिएको छ। जिल्लाको तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा व्यवस्थापकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थप संक्रमित देखिएका २४ जना समेत अब कपिलवस्तुमा कोरोना संक्रमित ५४७ पुगेका छन् ।

जिल्लाका गाउँपालिका यशोधरामा १५१, मायादेवीमा ५३, शुद्धोधनमा ३० र विजयनगरमा २१ तथा नगरपालिका महाराजगञ्जमा १११, कृष्णनगरमा ५२, शिवराजमा ४८, कपिलवस्तुमा ३०, बुद्धभूमिमा २९ र वाणगंगामा २२ जनामा संक्रमण भएको पुष्टि भएको हो।