सुनको भाउ प्रतितोला ८७ हजार ५ सय कायम, एक सय रुपैयाँ बढ्यो

0
Shares

नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँ तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २६ गते सोमबारका लागि प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सय रुपैयाँ तथा तेवावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ तोकेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ९३० रुपैयाँ कायम भएको छ।

महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको तथा तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ निर्धारण गरेको थियो।

लकडाउनमा पश्चात खुलेको सुनको बजारभाउ प्रतितोला १० हजार ५ सय रुपैयाँले बढेको छ भने चाँदीमा २१० रुपैयाँले बढेको छ।

लकडाउन सुरु हुनु अघिल्लो दिन चैत १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार, तेजाबी सुनको प्रतितोला ७६ हजार ७ सय र चाँदी प्रतितोला ७ सय २० रुपियाँमा किनबेच भएको थियो ।