प्राधिकरणका हेल्परद्धारा विद्युत महशुलको करिब ९ लाख भ्रष्टाचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिद्युत प्राधिकरणका काउन्टर शाखाका एक म्यादी हिल्पर विरुद्ध झण्डै ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले नेपाल बिद्युत प्राधिकरण, रङ्गेली बितरण केन्द्र, मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङ उपर बिगो ८ लाख ७३ हजार ५४२ रुपैयाँ कायम गरी बिद्युत महसुल हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

गुरुङले रङ्गेली बितरण केन्द्र, मोरङ्गको एउटा आय काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले ८ लाख ७३ हजार ५४२ रुपैयाँ हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ।

अख्तियारले गुरुङ विरुद्ध भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ७ बमोजिमको कसुरमा सोही दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना कायम गरी पाउन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ।