प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदको बैठकमा सम्बोधन गर्ने भएका हुन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटको सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि सोमबार र मंगलबार पनि मन्त्रिहरुले आ आफ्ना मन्त्रालय अन्र्तगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए ।
लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरू संसदमा व्यस्त भएपछि मंगलबारको मन्त्रिपरिषद बैंठक सारिएको थियो। आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको लकडाउनको नयाँ मोडालिटीलाई अन्तिम रुप दिने बताइएको थियो ।
लकडाउनको नयाँ मोडालिटी ‘फाइनल’ गर्ने मन्त्रिपरिषदको बैठक सर्यो
उच्चस्तरिय समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने प्रस्तावमा छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ ।
समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ ।
सरकारले असार १ देखी चरणबद्ध लकडाउन खुकुलो बनाउने, यस्तो छ खाका
जेठ १७ गतेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो । लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।
सरकारले लकडाउन खुकुलो बनाउने योजना टुग्याउन नसक्दा काठमाडौं उपत्यका सहित देशभर ब्यापारीहरुले धमाधम पसल खोल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ ।
सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।
प्रतिक्रिया