स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५७ जना पुरुष र २२ जना महिला गरि थप २७९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ ।
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ४ हजार ३६४ पुगेको छ। जसमध्ये ४ हजार ५५ पुरुष र ३०९ महिला रहेका छन्। यस्तै देशभरका पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१४ वटा पीसीआर र ६ हजार ७२२ वटा आरडिटी गरि कूल ११ हजार १३६ वटा नमुना परीक्षण सम्पन्न भएका छन्। हालसम्म पीसीआर प्रविधिबाट १ लाख १० हजार ७४४ वटा र आरडिटी विधिबाट १ लाख ७२ हजार ८८० वटा गरि कूल २ लाख ८३ हजार ६२४ वटा परीक्षण सम्पन्न भएको छ।
देशभर १ लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या जम्मा ३ हजार ६७५ जना र १५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज
यसैगरि पछिल्लो २४ घण्टामा ९० जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। बुधबार २ महिला र ८८ जना पुरुष रहेका छन्।
उनीहरुमध्ये कोशी अस्पतालबाट ५ जना पुरुष र १ महिला गरि ६ जना, कोभिड १९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट १ जना महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना पुरुष, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना पुरुष डिस्चार्ज भएका छन्।
यसैगरि महेन्द्र गेनाइ आइसोलेसन सिराहबाट २० जना पुरुष, कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना पुरुष डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको भई डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ८९ जना महिला रहेका छन्।
बुधबार कहाँ कहाँ भेटिए २७९ संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ। बुधबार कुनैपनि थप जिल्लामा कोरोना संक्रमण फैलिएको छैन।
बुधबार भेटिएका संक्रमितको विवरण यस प्रकार रहेका छन्:-
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ्गका ८ जना पुरुष र झापाको १ जना महिला गरि ९ जना
- कोशी अस्पताल प्रयोगशालामा झापाको ४ जना पुरुष
- भरतपुर अस्पताल प्रयोगशालामा चितवनको २ जना पुरुष
- कोशी अस्पताल प्रयोगशालामा उदयपुरको १ जना पुरुष
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपुरको १ जना पुरुष
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १ महिला र ३६ पुरुष गरि कूल ३७ जना (जसमध्ये कपिलबस्तुको ७ जना पुरुष, नवलपरासी पश्चिमको ५ जना पुरुष, पाल्पाको १ जना महिला र ११ जना पुरुष गरि १२ जना, प्युठानको ६ जना पुरुष र रुपन्देहीको ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। )
- भेरी अस्पतालको प्रयोगशालामा ४ जना (जसमध्ये बाँकेको ३ जना पुरुष, वर्दियाको १ जना पुरुष)
- विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको १ महिला र ५ जना पुरुष गरि ६ जना
- सुर्खेत प्रादेशिक अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा ५ जना महिला र ३२ जना पुरुष गरि ३७ जना (जसमध्ये दैलेखका २ महिला २३ जना पुरुष गरि २५ जना, जाजरकोटको ३ जना पुरुष, सुर्खेतको ३ जना महिला र ६ जना पुरुष गरि ९ जना रहेका छन्। )
- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ महिला र १४ जना पुरुष गरि १६ जना (जसमध्ये दार्चुलाको १ जना पुरुष, कैलालीका बालिका सहित २ जना महिला र १० जना पुरुष गरि १२ जना र कञ्चनपुर जिल्लाको २ जना पुरुष, र डडेलधुराको १ जना पुरुषमा कोरोना पुष्टि भएको छ।)
- धुलिखेल अस्पतालमा १ महिला र २८ जना पुरुष गरि २९ जना (जसमध्ये सर्लाहीको १० जना पुरुष, कपिलवस्तुको १ जना महिला र बालक सहित १८ जना पुरुष गरि १९ जना)
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङ्गको ४ जना महिला र १२ जना पुरुष गरि १६ जना
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ६ जना महिला र १०६ जना पुरुष गरि ११२ जना (जसमध्ये धनुषाको ११ जना पुरुष, गोरखाको १ जना महिला र ३ जना पुरुष गरि ४ जना, कपिलवस्तुको बालिका सहित ३ महिला र १९ पुरुष गरि २२ जना, नुवाकोटको १ जना पुरुष, रौतहटको १ जना महिला र ५२ जना पुरुष गरि ५३ जना, सर्लाहीको १५ जना पुरुष, सिन्धुपाल्चोकको २ जना पुरुष, सिरहाको १ जना पुरुष र उदयपुरको १ जना महिला र २ जना पुरुष गरि ३ जना रहेका छन्। )
प्रतिक्रिया