सिद्धार्थ इन्स्योरेन्सको स्थगित साधारण सभा असार १३ गते आह्वान

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले स्थगित १८ औं वार्षिक साधारण सभा असार १३ गते आह्वान गरेको छ। कम्पनीले आफ्नै कार्यालय सिद्धार्थ भवन हनुमान स्थानमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको भौतिक दूरी कायम हुनेगरि व्यवस्था गरिएको छ।

यसअघि चैत २८ गते साधारण सभा बोलाइएकोमा कोरोना भाइरस संक्रमण रोक्न लकडाउन र सरकारले सभा सम्मेलन गर्न रोक लगाएका कारण स्थगित गरिएको थियो ।

कम्पनी सञ्चालक समितिको यसअघिको बैठकले नै गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।