विश्व बैंकद्धारा नेपालका लागि ५४ अर्ब सहयोग स्वीकृत

0
Shares

विश्व बैंकले नेपालको सडक तथा व्यापार सुधार परियोजनाका लागि ५४ अर्ब बढी रकम ऋण सहयोग गर्ने भएको छ ।

बैंकले ४५० मिलीयन डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ । जुन नेपाली रुपैयाँ ५४ अर्ब भन्दा बढी हो ।

विश्व बैंकले नेपालको सडक सुधार तथा कोभिड १९ पछिको अर्थतन्त्रसँग जुद्न अन्तरदेशिय व्यापार, महिलाहरुको रोजगारी सृजनाका लागि तथा सुरक्षित सडकका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको छ ।

नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग  नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुने बैंकले जनाएको छ।

यी दुवै सडक भारत तथा अन्य देशहरुसँगको व्यापार सम्बन्धका लागि महत्वपूर्ण रहेको विश्व बैंकको भनाई छ।

विश्व बै‌ंकले कोभिड–१९ महामारीपछि नेपवाललाई फरक(फरक शीर्षकमा १ खर्ब ३० अर्ब सहषेग घोषण गरिसकेको छ। यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।